अत्यावश्यक बाहेक मनाङ यात्रा नगर्न प्रशासनको आग्रह
वर्षाका कारण मनाङ जोड्ने बेंसीसहर–चामे सडक र ग्रामीण सडकहरुमा बाढीपहिरोले क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालयले उच्च जोखिमलाई ध्यानमा राख्दै पदयात्राका पर्यटक र स्थानीयलाई सचेत गराइएको छ ।

अत्यावश्यक बाहेक मनाङ यात्रा नगर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय मनाङले अनावश्यक रुपमा यात्रा नगर्न पर्यटक र स्थानीयवासीलाई सचेत गराएको छ । मनाङका प्रायः ठाउँमा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले केही दिन भारी वर्षाको सम्भावना रहेको भन्दै पूर्वसूचना जारी गरेको छ । वर्षा भइरहेपछि प्रशासनले सूचना जारी गर्दै सर्वसाधारण र पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
वर्षाका कारण मनाङ जोड्ने बेंसीसहर–चामे सडक र ग्रामीण सडकहरुमा बाढीपहिरोले क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालयले उच्च जोखिमलाई ध्यानमा राख्दै पदयात्राका पर्यटक र स्थानीयलाई सचेत गराइएको छ ।
मर्स्याङ्दी, नार खोला, दूध खोला, डोना खोला, ठाडा खोलालगायतका खोलामा वर्षाका कारण पानीको सतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!